टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरीको चुनाव प्रचार प्रोजेक्टरबाट भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

चौधरी कैलाली-१ मा राजपाबाट प्रतिनिधिसभा उम्मेदवार छन् । आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या हुने गरी भएको टीकापुर घटनापछि फरार रहेका उनलाई सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी तीनवटा मुद्दा चलाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेख्न गएका बेला भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको हत्या भएको थियो भने नाबालक टेकेन्द्र साउदको पनि गोली लागेर ज्यान गएको थियो ।

‘उहाँ (रेशम) मेसेन्जरबाट आफ्नो मन्तव्य पठाउनुहुन्छ, हामीसँग दुईवटा प्रोजेक्टर छन्, हामी उहाँको भनाइ मतदाताको घरमा लगेर देखाउँछौं’, रेशमको प्रचारमा खटिएकी रञ्जिता श्रेष्ठ चौधरीले भनिन् । ‘मतदाताले राम्रो रेस्पोन्स गरेका छन्।’ रेशमको पार्टी राजपाबाट कैलाली-१ का प्रदेशसभा सदस्यका लागि पनि उमेदवारी परेको छ ।