गोरखाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभुत विद्यालयको बुथ नजिक बम विस्फोट भएको छ ।

उक्त विद्यालयको बुथ नजिक दुई स्थानमा सुतली बम विस्फोट भएको गोरखा प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विस्फोटबाट कुनै क्षति भएको छैन । निर्वाचन विथोल्ने कुनै संघठन वा पार्टीले निर्वाचन विरोधि गतिविधिस्वरुप मतदातालाई तर्साउनका लागि यस्ता घटना गराएको हुनसक्ने प्रहरीले जनाएको छ ।

तर, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइएको हुँदा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह सुरक्षा निकायले आग्रह गरेको छ ।