चुनावको अघिल्लो रात संघिय समाजवादी फोरमाका नेताले मादकपदार्थ सेवन गरेर चलाएको कार दुर्घटनामा परेको छ ।

शनिबार संघियसमाजवादीका नेता रविन्द्र बरनवाल आफैले चलाएको बा १७ च ५००७ नम्बरको कार वीरगञ्ज महानगरपालिकाको पानीटंकीस्थित मेनरोडमा दुर्घटना मा परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको भन्दै प्रहरीले बरनवाललाई नियन्त्रणमा लिएपनि उनि तत्कालै राजनीतिक दबाब दिएर प्रहरीको नियन्त्रणबाट मुक्त भएका थिए ।

पर्सा प्रहरीका असई कृष्ण सार्कीका अनुसार सवारी दुर्घटनापछि नियन्त्रणमा आएका बरनवाललाई सोधपुछपछि छाडिएको जानाकारी दिए । टि.भी अन्नपूर्ण मा खबर रहेको छ।