नेपालको इतिहासमै ऐतिहासिक निर्वाचनको रुपमा पहिलो चरण अन्तर्गत आज उच्च पहाडी ३२ जिल्लामा निर्वाचन भइरहेको छ । यो नेपालको पहिलो संघात्मक निर्वाचन भएकाले पनि ऐतिहासिक बन्न गएको हो । नेपालमा अहिलेसम्म ३ वटा निर्वाचन ऐतिहासिक रहेका छन् । हेरौं कसले र कहिले गराए सो निर्वाचन –

सुवर्ण शमसेर राणा
२००७ सालमा प्रजातन्त्र स्थापनापछि नेपालको इतिहासमै संसदीय व्यवस्थाको निर्वाचन २०१५ साल फागुन ७ गतेदेखि २०१६ वैशाख २१ गतेसम्म सम्पन्न भएको थियो । सो निर्वाचन सुवर्ण शमशेर राणाको प्रधानमन्त्रीत्वमा सम्पन्न भएको थियो । सो निर्वाचनमा १०९ सदस्यीय तल्लो सदन र ३६ सदस्यीय महासभा गठन भएको थियो जसमा नेपाली कांंग्रेसले दुईतिहाई मत प्राप्त गरेको थियो ।

गिरिजाप्रसाद कोइराला
२०६२–०६३ सालको जनआन्दोलन र शान्ति सम्झौतापछि नेपालमा पहिलोपटक संविधानसभाको निर्वाचन २०६४ साल चैत्र २८ गते सम्पन्न भएको थियो । सो निर्वाचन तत्कालीन राष्ट्रप्रमुख तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सम्पन्न गराएका थिए । सो निर्वाचनमा माओवादी पहिलो स्थानमा, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा रहेका थिए ।

शेरबहादुर देउवा
नेपाली कांग्रेसकै नेतृत्वमा ऐतिहासिक निर्वाचनहरु सम्पन्न हुने क्रममा आज २०७४ साल मंसिर १० गते र आगामी २१ गते कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपालमा ऐतिहासिक निर्वाचन भइरहेको छ । संविधानसभाबाट संविधान निर्माणपछि पहिलोपटक संघात्मक निर्वाचन जारी रहेकाले यो पनि एउटा ऐतिहासिक निर्वाचनको रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah