माओवादी जनयुद्धका क्रममा भएको एउटा ठूलो घटना बाँदर मुढेका मृतकहरुको सम्झनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
सशस्त्र द्वन्द्वको क्रममा ३५ सर्वसाधारण र ३ सुरक्षाकर्मी गरि ३८ जनाको ज्यान जाने गरि भएको बाँदरमुढे घटनाका मृतकहरुको सम्झनामा निर्माण गरिएको स्मारकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुष्पागुच्छा अर्पण गरेका हुन ।
आइतबार बिहानै माडीको बाँदरमुढे स्मारकमा पुगी सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सर्वसाधारणको स्मारकमा पुष्पागुच्छा अर्पण गरेका हुन ।
पुष्पागुच्छा अर्पण गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा भुलवस् घटेको सबैभन्दा ठूलो घटना भएको बताए ।
बाँदरमुढेका पीडितप्रति आफ्नो सधै सम्मान रहेको बताउँदै प्रचण्डले पीडित परिवार र मृतकहरुका पक्षमा दीर्घकालिन प्रकृतिका काम गर्ने बताए ।
हेर्नुहोस भिडियोः



