देशका अरु निर्वाचन क्षेत्रमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं–२ मा भने वाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ७ नम्बर राप्रपाका विक्रमबहादुर थापालाई कांग्रेसले सहयोग गर्ने र अरु क्षेत्रमा राप्रपाले कांग्रेसलाई सहयोग गर्ने सहमति बने पनि काठमाडौं–२ को हकमा त्यो सहमति लागू नहुने भएको हो । त्यस निर्वाचन क्षेत्रमा राप्रपाले गएको स्थानीय तहको चुनावमा ४ हजार आठ सय ५१ मत ल्याउँदै शंखरापुर नगरपालिकाका दुईवटा वटा जितेको थियो ।

पार्टीको सक्रिय भूमिकामा नरहे पनि त्यस क्षेत्रको मतका लागि निर्णायक मानिने दैवमेहेर श्रेष्ठले आफूहरु प्रतिनिधिसभाका लागि भोट वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई दिने सहमति भएको बताउनुभयो । दैवमेहेर पञ्चायतकालीन नेता जोगमेहेर श्रेष्ठका भाइ हुनुहुन्छ । ‘हाम्रो पक्षको मत प्रतिनिधिसभातर्फ नेपाल जीलाई दिने निर्णयमा पुगेका छौं, शनिबार वाम गठबन्धनको क्षेत्रीय चुनावीसभा थलीमा अतिथिका रुपमा उपस्थिति भएका श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिका लागि उहाँ जत्तिको व्यक्तिको आवश्यकता छ भनेर हाम्रो पार्टीले उहाँलाई सहयोग गर्ने भएका हौं ।’ प्रदेशसभातर्फ भने राप्रपाले रमेश नापितलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहको चुनावमा वडा अध्यक्षको मतलाई आधार मान्दा त्यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ । स्थानीय चुनावमा एमालेले १९ हजार १९६, कांग्रेसले १५ हजार ६२७, माओवादीले ५ हजार सात ३४ मत पाएका थिए । ४ हजार आठ सय ५१ मत भएको राप्रपाले समेत सहयोग गर्ने भएपछि वाम गठबन्धन झन बलियो देखिएको छ ।काठमाडौं–२ मा नेपाली कांग्रेसले निवर्तमान सांसद दीपकप्रसाद कुइँकेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

सुरुमा राप्रपाले देशभर प्रतिनिभिसभा तर्फ सात सिट लिएर बाँकी क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने सहमति गरेको थियो । झापा–३ मा भने एमालेले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने भएको छ । जहाँ कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah