सवालनेपाल डेक्स
दमक/झापाको गौरादहमा सोमबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सहित शिर्ष नेताहरु आउने भएपछि स्थानीय प्रशासनले कडा सुरक्षा ब्यवस्था मिलाएको बताईएको छ ।
आइतवारदेखि नै जनपथ र शसस्त्र प्रहरीले कडा निगरानी सहित सुरक्षा गस्ति बढाएको पाईएको हो । नेपाली सेनाले पनि कार्यक्रम स्थलको निगरानी राखेको श्रोतको भनाइ रहेको छ ।
निर्वाचन लक्षित बम बिस्फोट लगायतका घटनाहरु हुन थालेपछि प्रहरीले उच्च सुरक्षा शर्तकता अपनाएको हो । प्रधानमन्त्री देउवा सहित काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याल लगायतका नेताहरु आउने भएका हुन् ।
देउवा सहितका शिर्षस्थ नेताहरु बिहान ११ बजे हेलिकप्टरमा गौरादह आउने बताईएको छ । झापा जिल्लाका अन्य उम्मेदवारहरु समेत कार्यक्रममा सरिक हुनेछन् ।



