मायामा त्याग हुन्छ अनि तपश्या पनि हुन्छ । अझ मायामा शंका हुन्छ र त्यो शंकाले भ्रम उत्पन्न गराउन सक्छ । यसरी उत्पन्न भएको भ्रमले मान्छेको जिन्दगीमा उथलपुथल ल्याई दिन सक्छ । यस्तै उथल पुथल ल्याई दिएको छ नायक राजु श्रेष्ठको जिन्दगीमा पनि । तर, यो वास्तविकता होईन, एउटा भिडियोको कथा हो । निरन्तर सागीतिक प्रस्तुतिहरु दिई रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वर रहेको राती सम्झिन्छु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो कथामा राजु र जेनिशा एकले अर्काको मायामा अत्यन्त आकर्षित छन् तर बिचमा जेनिशाले राजुको साथमा ज्वाला घिमिरेलाई देख्छिन् अनि उनहिरु बिचमा तनाब सुरु हुन्छ । उनीहरुको झगडा नै पर्छ । राजुले सम्झाउँन खोज्छन् तर जेनिशाले त्यो कुरा बुझ्दिनन् । राजु तनावमा पर्छन् भने जेनिशा पनि पहिले आफुहरु भेटेको ठाउँमा जान्छिन् । आखिर निश्कर्ष के त ? थाहा पाउन भिडियो हेर्नुहोस् ।

https://youtu.be/zG9BaEXYvTg

दिलीप घिमिरेको शब्द रहेको उक्त गीतलाई राजिव शाहले एरेञ्ज तथा रेकर्डिङ र मिक्सिङ गरेका छन् । ताराबीर पाण्डेले हालै सञ्चालनमा ल्याएको स्टुडियो यमन प्रा.लि.को प्रस्तुति रहेको उक्त गीतको भिडियोमा जनकराज अधिकारीको छायाँकन रहेको छ भने राजु श्रेष्ठ, जेनिशा बस्नेत र ज्वाला घिमिरेले त्रिकोणात्मक भूमिका निर्वाह गरेका छन् । उक्त भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन तथा सम्पादन गरेको हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah