दमक/केहिबेरमा नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा झापाको गौरादह आउदैछन् । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यसलाइ महत्वका साथ हेरिएको छ ।

ओली डडेल्धुरा पुगेर देउवालाइ यो पटक सवक सिकाउन र मतदान नगर्न आग्रह गरेका थिए । आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्र पुगेर ओलीले तिखो रुपमा आलोचना गरेपछि देउवाले एकाएक झापा आउने निर्णय गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले झापामा पनि ओली कै सिनर्वाचन क्षेत्रमा जसरी पनि आउने भन्दै कार्यक्रम तय गर्नका लागि दूइ दिनअघिमात्र आफूहरुलाइ भनेको काँग्रेसका एक जिल्ला नेताले बताए ।

देउवा र ओलीबीच केहि समययता वाकयुद्ध नै चल्दै आएको छ । आज झापाको गौरादह आएर देउवाले ओलीलाइ डडेल्धुराको जवाफ फर्काउने जनाइन्छ ।  ज्योतिषिले ७ पटक प्रधानमन्त्री बन्नछस भनेको कुराले अहिले निक्कै महत्व पाउदै आएको छ ।