निर्वाचन सम्पन्न भइसकेपछि मतपत्र संकलन गर्ने क्रममा बझाङका प्रमुख जिल्ला अधिकारी सम्पर्कविहिन भएका छन् । सीडीओ संपर्कविहिन भइसकेपछि मतगणना संकलनको कार्यमा अन्योलता देखिएको हो ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराई सुरक्षित रुपमा मतपेटिका लिएर मतदान अधिकृत, प्रहरी पुलिस र कर्मचारी सडकमा आइपुगे । तर, सीडीओ सम्पर्कविहीन भएपछि उनीहरु रातभर सडकमै बस्न बाध्य भए ।

निर्वाचनपछि सवारी व्यवस्थापनको समेत जिम्मेवारी लिएका प्रजिअ धर्मराज जोशी मदिरा सेवन गरी सम्पर्क बाहिर गएको स्रोतले जानकारी दिएको छ । मतदान सम्पन्न भएपछि सडकसम्म मतपेटिका ल्याउन निर्देशन दिएका जोशी आफैं गाडीको व्यवस्थापन नगरी सम्पर्क बाहिर जाँदा यस्तो समस्या आएको हो ।

स्रोतका अनुसार रातिसम्म सडकमै रहेको मतपेटिका प्रहरी आफैंले गाडीको व्यवस्थापन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएका थिए । ७ नम्बर प्रदेशमा पर्ने बझाङमा निर्वाचन सम्पन्न भएपछि राजमार्गले छोएका मतदान केन्द्रका मतपेटिका गाडीमार्फत सदरमुकाम ल्याउने पूर्वतयारी भएको थियो ।

स्रोतका अनुसार जोशी राति ९ बजे मदिरा सेवन गरी सुतेका कारण मतपेटिकासहित राजमार्गमा गाडी कुरेका कर्मचारीहरु आधा रातसम्म बाटोमै अल्मलिएका थिए । “मतपेटिका बोक्ने सवारी साधन सीडीओ साबले आफूले व्यवस्था गरेको बताउनुभयो, त्यहीअनुसार मतदान सकिएपछि कर्मचारीहरू मतपेटिका संकलन गरी बाटोमा गाडी कुरेर बसे,” स्रोतले भन्यो, “मुचुल्कादेखि मतपेटिका उठाउन केही समय लाग्यो, गाडी आएनन् । उता सिडिओ साब मदिरा खाएर सुतिहाल्नु भएछ ।”

यसरी सिडिओ नै सम्पर्कमा नआएपछि सुरक्षित रुपमा मतपेटिका सदरमुकाम पुर्याउन प्रमुख निर्वाचन अधिकृतले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवलाई खबर गरेका थिए । “यो कुरा प्रमुख आयुक्तले बझाङमा खटिएका गृहका अधिकारीलाई जानकारी गराउनुभयो । गृहका अधिकारीले ७ नम्बर प्रदेश प्रहरी प्रमुखलाई खबर गर्नुभयो,” स्रोतले भन्यो, “त्यसपछि प्रहरी तथा ट्राफिक प्रहरीका सवारी साधनलाई प्रयोग गरी राति ३ बजेसम्म मतपेटिका तथा कर्मचारी जिल्लामा पुगे ।”

बझाङका मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले भने सहज रुपमै मतपेटिका संकलन भएको बताएका छन् । उनले भौगोलिक विकटताका कारण केही असहज भए पनि बाहिर हल्ला आएजस्तो नभएको दाबी गरे । यता, प्रहरीले मतपेटिका संकलनमा केही असहज भएपनि व्यवस्थापन गरेको बताएको छ ।

“सवारी साधनको जिम्मा लिनुभएका सिडिओ साब मदिरा खाएर सम्पर्क बाहिर जानुभएछ,” मतपेटिका ओसार्ने सवारीसाधन नभएर बिचल्ली भएको हो ? भन्ने  प्रश्नमा जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम कँडेलले भने, “तपाईंले भने जति नभएको होला । तर, केही समस्या आएका थिए, जेजसरी भएपनि हल गरियो ।”

निर्वाचन आयोगले भने यसबारे आधिकारिक सूचना नआएको बताएको छ । बझाङमा हालसम्म काँडा गाउँपालिकाको तीन मतदान केन्द्रको मतपेटिका ल्याउने काममात्रै बाँकी रहेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए । बझाङमा १२५ मतदान केन्द्रमा मतदान भएको थियो । टि.भी अन्नपूर्ण बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah