सिरहा । प्रहरीमाथि गोली प्रहार गर्ने तीनजना धनुषावाट पक्राउ परेका छन । पक्राउ पर्नेमा शिव रोय, मनोज रोय र सुरेन्द्र रोय रहेका छन् ।
नियमित चेकजाँचमा रहेका प्रहरीमाथि गोली प्रहार गरी भाग्दै गरेका तीनै जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । पक्राउ पर्ने तिनै जना जनतान्त्रिक गोइत समुहका सदस्य रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । अपराधिक घटना गराउने उद्देश्यले पेस्तोल बोकेर हिँडेको र प्रहरी देखेपछि पक्राउ पर्ने डरले प्रहरीकै हत्या गरी भाग्न खोजेको प्रहरीको अनुमान छ ।
पक्राउ परेका तीनैजनाले आफूहरुले सिरहामा रहेको कुनै बैंक लुट्ने योजनाका साथ हतियारको व्यवस्था गरेको बयान प्रहरीलाई दिएका छन ।
आइतबार सिरहामा ड्युटीमा रहेका प्रहरीमाथि गोली प्रहार गरि उनीहरु फरार भएका थिए । उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका थिए । घाइते दुवैको काठमाडौंका उपचार भैरहेको छ ।



