मुकुन्द सुवेदी/ बर्दिया, ११ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै वाम शक्तिहरुको गठबन्ध देश बनाउनका लागि भएको बताएका छन् ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा आयोजित जनसभालाई संवोधन गर्दै एमाले अध्यक्ष ओलीले बाँडीचुँडी खानका लागि नभई देश बनाउनका लागि कम्युनिष्ठ (बाम शक्ति) हरुको गठबन्धन भएको बताएका हुन् ।

मुलुकलाई समुन्नत र समृद्ध बनाउने योजना वामपन्थीहरुसंग मात्रै भएको हुँदा नेपाल र नेपालीको पक्षमा आफूहरु सधैं अडिग रहने वताए । उनले भने, ‘मुलुकमा देखिएको वेरोजगारी, भूमिहिन, सुकुम्बासी लगायतका समस्याको एकमुष्ठ रुपमा वाम गठबन्धनको सरकारले हल गर्नेछ ।’

नेपाल र नेपालीलाई गरिब बनाइएको भन्दै अध्यक्ष ओलीले अव बन्ने आफूहरुको सरकारले त्यस्तो हुन नदिने बताए । देशलाई नयाँ ढंगबाट अगाडी बढाउने आफूहरुको दृढ संकल्प रहेको बताउँदै अध्यक्ष ओलीले अब भन्ने मात्र नभई पाँच भित्र गरेर देखाउने बताए ।


जातजातमा, भूगोल भूगोलमा र भाषाभाषामा नभई गरिबी निवारणहरुको उद्देश्य, मुलुक समुन्नत र समृद्ध वनाउने उद्देश्य तथा राष्ट्र र राष्ट्रियता मजबुद बनाउने उद्देश्यमा आफूहरु हिडेको बताए । अध्यक्ष ओलीले भने, ‘अब भन्ने मात्र होईन, पाँच बर्षभित्र आधारभूत रुपमा गरिबी समाप्त पार्ने, रोजगारीका अवसरहरु सृजना गर्ने र संयुक्त राष्ट्रसंघले भनेको दीगो विकास लक्ष्य प्राप्तीको लागि बाँकी रहेको १३ बर्षको समयावधी मै सम्पूर्ण विकास गरिसक्ने छौ ।’
पार्टी एकता गर्ने भन्दा भन्दै चुनाव नजिकिए पछि आफूहरु गठबन्धन गरेर चुनावमा आएको र चुनाव लगत्तै पार्टी एकता गर्ने दावी गरे ।

सभालाई एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामबहादुर थपा वादल, एमाले उपाध्यक्ष वामदेव गौतम लगायतले संवोधन गरेका थिए । दिउँसो १ बजे केप ीओली सहितको शिर्ष नेताको टोली आउने भनिए पनि ४ बजे पछि मात्रै उनीहरु आएका थिए । उपस्थित समुदाय अन्तिम समयसम्म बसेका थिए ।

तस्विर: मुकन्द सुवेदी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah