अत्यधिक मदिरा सेवन गरेर झगडा गर्नेमाथि कारबाही गर्न खोज्दा मोरङमा सोमबार एक प्रहरी अधिकृतको सरुवा भएको छ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन कार्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले काज सरुवा गरेको हो। स्रोतका अनुसार पथरी दरबन्दी रहेका कार्कीलाई कारबाही स्वरुप संघीय प्रहरी इकाई कार्यालय धरानमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी निरीक्षक विजय श्रेष्ठलाई पठाइएको छ। मदिरा सेवन गरेर झगडा गरेकालाई कारबाही गर्न खोज्दा निर्वाचनका मुखमा उल्टै प्रहरी प्रमुखकै सरुवा गर्नुलाई प्रहरी अधिकारीले शक्तिको दुरुपयोगका रुपमा लिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोरङको पथरीशनिश्चरे १ मा शनिबार साँझ मदिरा सेवन गरेका दुई पक्षबीच भएको झगडामा प्रहरीले हस्तक्षेप गरेको थियो। उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङले आफ्नै घर अगाडि केही युवाहरुमाथि आक्रमण गरेपछि घटनाले यो रुप लिएको प्रहरीको भनाइ छ, अन्नपूर्णमा खबर छ ।