नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको केही घण्टा बित्न नपाउँदा कनकाई नगरपालिकको मेयरको घरमा सुतली बम फेला परेको छ ।
कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घरमा सुतली बम फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार कनकाई नगरपालिका १ बस्ने मेयर पोखरेलको घर पछाडी कपाउण्ड वालमा प्यालिष्टकले बेरिएको शंकास्पद बस्तु फेला परेको थियो । पोखरेल परिवारले सो वस्तुलाई फोहोर फाल्ने डसविनमा फाल्दा तार देखेपछि प्रहरीलाई मंगलबार विहान खबर गरेका थिए ।
प्रहरीलाई खबर गर्न साथ घटनास्थल पुगेका प्रहरीले सुतली बम रहेको पुष्टि गरेका थिए । नेपाली सेनाका बम डिस्पोजल टोली बम साढे १० बजे सुरक्षित स्थानमा लगेर बम निश्क्रिय पारेको डिएसपी बस्नेतले बताए ।



