एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व सभामुख दमननाथ ढुंगानाबस्दै आएको घर नजिक बम बिस्फोट भएको छ । मंगलबार साँझ करिब साढे ७ बजे सूर्यविनायक नगरपालिका २ बालकोट रोज भिलेज नजिक बिस्फोट भएको हो ।
नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुङ्गाना बस्दै आउनु भएको बालकोटको रोज भिलेजबाट करिब १०० मिटर पर बम विष्फोट भएको हो ।
महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले भन्नुभयो—‘बालकोटको रोज भिलेज भन्दा एक डेढ सय मिटर वर जग्गा प्लानिङ्ग भएको क्षेत्रमा बम विष्फोट भएको छ, विष्फोट लगत्तै घट्नाको अनुसन्धान सुरु गरेर बम विष्फोट गराउने व्यक्तिको चारैतिर खोजी कार्य भईरहेको छ ।’
विष्फोटबाट कुनै मानवीय एवं भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि ढुङ्गाना रोज भिलेजमा घर भाडामा लिएर बस्दै आउनु भएको छ ।
प्रहरीले विष्फोट भएको प्रेसर कुकर बम वा पाईम बम हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । टि.भी अन्नपूर्ण बाट
एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व सभामुख दमननाथ ढुंगानाबस्दै आएको घर नजिक बम बिस्फोट भएको छ । मंगलबार साँझ करिब साढे ७ बजे सूर्यविनायक नगरपालिका २ बालकोट रोज भिलेज नजिक बिस्फोट भएको हो ।
नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुङ्गाना बस्दै आउनु भएको बालकोटको रोज भिलेजबाट करिब १०० मिटर पर बम विष्फोट भएको हो ।
महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले भन्नुभयो—‘बालकोटको रोज भिलेज भन्दा एक डेढ सय मिटर वर जग्गा प्लानिङ्ग भएको क्षेत्रमा बम विष्फोट भएको छ, विष्फोट लगत्तै घट्नाको अनुसन्धान सुरु गरेर बम विष्फोट गराउने व्यक्तिको चारैतिर खोजी कार्य भईरहेको छ ।’
विष्फोटबाट कुनै मानवीय एवं भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि ढुङ्गाना रोज भिलेजमा घर भाडामा लिएर बस्दै आउनु भएको छ ।
प्रहरीले विष्फोट भएको प्रेसर कुकर बम वा पाईम बम हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।