नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दमक स्थित घरमा बम बिस्फोट गराएको केहि दिन बित्न नपाउदै आज उहाँ सहभागि हुने कार्यक्रम स्थल नजिकै बम पड्काइएको थियो ।

फेरी केहिबेर अघि मंगलवार साढे ७ बजेतिर बालकोट घरनजिक शक्तिशाली बम बिस्फोट भएको बताइएको छ । ओलीको घरलाइ लक्षित गरेर बम पड्काइएको हुनसक्ने सुरक्षा श्रोतको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिउसो ललितपुरको लगनखेलमा आयोजित कम्युनिष्ट गठबन्धनको चुनावी सभानजिकै पनि विष्फोट भएको थियो । ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएको थियो । विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भए पनि केही बेरमा स्थिति सामान्य भएको थियो ।

विष्फोट सभा भइरहेको स्थानभन्दा करिब सय मिटर टाढा थियो । सभामा ओलीले भने, ‘बम पड्किरहन्छ, हामी अगाडि बढ्नुपर्छ’ । ओलीले आवाज मात्र आउने बमले आफु नतर्सिने बताए । ठट्याउली पारामा ओलीले भने- गठबन्धनसँग त बम पनि डरायो ।