नेकपा एमाले चितवनका अध्यक्ष एवं क्षेत्र नं२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णभक्त पोखरेलले माओवादी अध्यक्ष प्रचण्ड राजनेता भउको बताएका छन् ।

उनले आज चितवनको कार्यक्रममा बोल्दै वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हास्यास्पद भएको उल्लेख गर्दे जनताले वामपन्थीको सरकार हेर्न चाहाना राखेको बताए । प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई छ ।
कांग्रेसले पटक–पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे ।



