यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको लागि दलहरु चुनावी तयारीमा जुटिरहेको बेला कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा भने व्यापक चुनावी तालमेलको बारेमा पूनः छलफल सुरु भएको छ ।

सोही छलफल अनुसार कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच २ नम्बर प्रदेशमा एकले अर्कोलाई सघाउने र जित्नेगरि अघि बढ्नेबारे सहमति खोजिने भएको छ ।

धनुषा क्षेत्र नम्बर ३ मा कांग्र्रेस नेता विमलेन्द्र निधिसँग चुनावी प्रतिष्पर्धामा उत्रिएका राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले निधिलाई वाक ओभर गर्नेबारे अन्तिम सहमति हुने खुलासा भएको छ। स्रोतले भन्यो,“मधेशमा कांग्रेस र राजपा, फोरमवीच चुनावी तालमेल भएन भने तीन वटै पार्टीलाई ठूलो क्षति हुन्छ, त्यसैले अहिलेपनि समय छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ, बुद्धि पुर्याउनुपर्छ, हुन त यसबारेमा छलफल पनि भैरहेको छ, यसको अन्तिम तयारी भोलिसम्म लाग्छ।”

उक्त स्रोतका अनुसार महतोले निधिको लागि वाकओभर गर्ने र मधेशमा धेरै उम्मेद्धवारहरुले रणनीतिका अनुसार उम्मेद्धवारी फिर्ता लिने बुझिएको छ । निधि र महतोको पनि मिलाउने, उपेन्द्र यादव र जयप्रकाशको मिलाउने, शरद सिंह र किरण यादव पनि मिलाउने, अनिल झा र कृष्ण यादवपनि मिलाउने तयारी तीन वटै पार्टीका नेताहरुले गरेका छन् ।रिपोर्टसनेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah