दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि झापाको दमकमा चुनावी अभियानमा सरिक हुने भएकाछन् । क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओली अब दमकमा तथा आफ्नो निर्वाचन क्षेत्रमा नै केन्द्रित रहनेछन् ।
निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर थापाका अनुसार ओलीको आज पहिलो कार्यक्रम खेलाडिहरुसंग रहेको छ । त्यसपछि दमकका बिभिन्न स्थानहरुमा स साना चुनावीसभाहरु हुनेछन् । ओली अब आफ्नै निर्वाचन क्षेत्रको दमकमा नै केन्द्रित रहेर चुनावी प्रचारप्रसार गर्नेछन् ।
ओली यसभन्दा अगाडि झापाका बिभिन्न चुनावीसभामा सहभागि भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने गौरादह, गौरीगन्ज, कमलगाँउपालिकामा चुनावी सभामा सहभागि भएका थिए । दमकमा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा बृहत चुनावीसभालाइ सम्बोधन गरेका थिए ।
यसैबीच ओली झापा दमक आउने भएपछि सुरक्षा ब्यवस्था पनि कडा पारिएको जनाईएको छ । अपराधिक गधिबिधि बढ्न थालेपछि प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको प्रहरीको भनाइ रहेको छ ।



