काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा सुरक्षा दिन बसेका एक म्यादी प्रहरीको बम विस्फोटमा परी मृत्यु भएको छ ।

दाङमा मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रम  नजिकै भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा नेपालगन्जमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विस्फोटमा परी घाइते भएका ४ जनाको अवस्था गम्भीर छ । कोहलपुरमा उपचारका क्रममा विनोद चौधरीको मृत्यु भएको दाङ प्रहरी प्रमुख एपसी दुर्गा सिँहले जानकारी दिइन् ।

फाइल तस्बिर