काठमाडौं । उदयपुरको गढी गाउँपालिका–६ मा कांग्रेस उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहबाट बम प्रहार भएका छ ।
बम प्रहारबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीसहित चार जना घाइते भएका छन् । घाइते मध्ये दुई जना प्रहरी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।










