काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।
प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार केही यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।
प्रहरीको अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २५ जनाको उद्धार गरिएको छ।
उद्धारकार्यका लागि मुग्लिन, जोगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।
अहिले गोताखोरले बस खोजिरहेका छन् । बस खसेको ठाउँमा त्रिशुली गहिरो भएकोले बस भेट्टाउन सकिएको छैन ।
प्रहरीका अनुसार सहचालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए ।



