पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि मतपेटिकाको सुरक्षा गर्ने चुनौति बढदै गएको छ । मानिसहरुबाट मतलाई सुरक्षा गर्ने चुनौति त छदैछ त्यसमा पनि किराहरुबाट पनि मतपेटिकाको असुरक्षा हुने भएपछि विशेषगरी मुुसा अत्याधिक लाग्ने ठाँउमा धेरै दिनसम्म राख्दा मुुसाले काट्ने जोखिम बढेसँगै मतको सुरक्षाको लागि बिरालाको पनि सहयोग लिनुपर्ने अबस्था आएको छ ।  मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव गरे ।

तर, उनको प्रस्तावमा सहमति जुटेन । सहमति के जुटेको छ भने मतपेटिका राखिएको स्थानमा सीसी क्यामेरा जडान गरिनेछ र सिलबन्दी गरी सुरक्षाकर्मी चौबीसै घण्टा तैनाथ गरिनेछ । तर, तत्कालका लागि भने सिलबन्दीमात्रै गरिएको छ दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारवटा कोठामा सिलबन्दी गरी राखिएका जिल्लाका सबै मतपेटिकाको निगरानी सीसी क्यामेराबाट पनि हुनुपर्ने माग गरे पनि क्यामेरा खरिदका लागि निर्वाचन आयोगमा स्वीकृति माग गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीर्ले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार रातिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिएको र सिलबन्दी गर्नुपूर्व राजनीतिक दलहरुले सीसी क्यामेराबाट पनि निगरानी गर्नुपर्ने माग गरेपछि निर्वाचन आयोगमा सीसी क्यामेरा खरिदका लागि माग गरिएको अधिकृत कार्कीले बताए ।

आयोगबाट प्रकृया र खरिद ढीला भए क्यामेरा खरिदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका लागि आएको रकमबाट नै खरिद गर्ने जानकारी आयोगमा गर्ने दलहरुबीचको छलफलपछि सहमति भएको उनको भनाइ छ । कार्कीका अनुसार सीसी क्यामेरा उपलब्ध भएपछि कोठाको सील तोडेर क्यामेरा जडान गरी पुनः सील गरिने सहमति दलहरुले गरेका छ

त्यसो त स्थानीय चुनावका बेला मतपत्र च्यातिएको भरतपुरमा पनि कोठामा थुनिएको मतपेटिकाको सुरक्षाका लागि बिरालोको सहारा लिनुपर्ने चर्चा चलेको थियो ।