विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताहरुले आफूलाई मेस्सी बनाउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मंगलबार साँझ नयाँ बानेश्वरमा भएको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले मिश्रलाई मैदानमा मेस्सीले फुटबल खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ भनेर केटाकेटीले बल हान्न खोज्नु र राजनीति रेडियोमा समाचार भने जस्तो सजिलो नहुने कटाक्ष गरेपछि उनले यस्तो बताएका हुन् ।

“काठमाडौं क्षेत्र नम्बर १ का जनताले मलाई मेस्सी बनाउँदै छन् भन्ने कुरा ओलीजीलाई थाहा नभएको हुनुपर्छ,” मिश्रले बाह्रखरीसँग कुरा गर्दै भने, “विगतमा जो–जो मेस्सी बनाइए उनीहरुलाई यो पटक १ नम्बरका जनताले रेड कार्ड देखाउँदैछन् ।’’

उनले आफ्नो उमेदवारीबाट एमाले, माओवादी र कांग्रेसका कार्यकर्ता समेत खुशी भएको बताए ।

“मेरो उमेदवारीबाट स्थानीय तहका एमाले, माओवादी र कांग्रेसका कार्यकर्ता र सुभेच्छुकहरु जो आफ्नै जीवनकालमा यो देश रुपान्तरण भएको हेर्न व्यग्र छन् उनीहरु अत्यन्तै उत्साहित र सकारात्मक छन् । तर, शीर्ष भनिएका लोकतान्त्रिक र वाम गठबन्धनका नेताहरु चाहिँ तर्सिएका देखिन्छ्न,” उनले भने ।

उनले आफूले चुनाव जित्दा एमाले अध्यक्ष ओली खुशी हुनुपर्ने तर्क समेत अघि सारे ।

“हामी व्यक्ति होइन कुसंस्कृतिको विरुद्ध लड्न आएका हौं,” मिश्रले अगाडि थपे, “मैले जित्दा ओलीजी त खुशी हुनुपर्ने हो किन बेखुशी हुनुभएको ? उहाँहरुले यो देशलाई जस्तो बनाउँछु भनेर परिकल्पना गर्नुभएको थियो, त्यो परिकल्पना पूरा गर्न हामी आएका हौं ।’’

तस्बिर, मिश्रको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah