सिन्धुपाल्चोक । गत आईतबार सम्पन्न भएकाे पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई भाेट नहालेकाे भन्दै कांग्रेस कार्यकर्ताबाट सिन्धुपाल्चोकका एक स्थानिय निर्घात कुटिएका छन् ।

मंगलबार इन्द्रवती गाउँपालिका १ बसेरीमा काँग्रेस कार्यकर्ता श्री लामाले भाेट नहालेकाे निहुँमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नाबुल साइला लामामाथि खुकुरी प्रहार गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुकुरी प्रहारबाट साइला लामाको टाउकोमा गम्भीर चोट लागेको छ । श्री लामाले साइला लामासँगै अरु थुप्रै स्थानीयमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । श्री लामा इन्द्रवती १ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

सिन्धुपाल्चोककै थुम्पाखरमा पनि कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट नहालेको भन्दै स्थानीयमाथि खुकुरी प्रहार गरेका थिए । कांग्रेस कार्यकर्ताले थुम्पाखरमा कांग्रेसलाई असहयोग गरेको भन्दै स्थानीयको घरमा समेत तोडफाेड गरेकाे जनाईएकाे छ ।