बिपिपि दमक/बुधबार बिहानैदेखि दमकको सुरक्षा ब्यवस्था निक्कै कडा बनाएको भान हुन्थ्यो । सडकभरी सुरक्षाकर्मी परिचालित रहेका थिए । प्रहरीका सवारी साधन पनि बाक्लै ओहोरदोहोर गरिरहेको देखिन्थ्यो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागि हुन गृह नगर दमक आउदै थिए । पछिल्लो समयमा चुनाव बिरोधी गतिबिधिहरु बढ्न थालेपछि र हेभिवेट भएका नेताहरुमाथि लक्षित गरेर बम प्रहार हुन थालेपछि प्रहरीले यस्तो सुरक्षा दिन शुरु गरेको बताईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिउसो दमक चोकको गोरखा डिर्पाटमेन्ट स्टोर अगाडि भएको खेलकुद महासंघले आयोजना गरेको कार्यक्रम स्थलमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमात्र थिएन प्रहरीका उच्चअधिकारीहरु नै सुरक्षामा खटिएका थिए ।

बिहान संघीय प्रहरी इकाइका चन्द्रगढीका प्रमुख एवं एसएसपि पिताम्बर अधिकारी आएर कार्यक्रमस्थलको आफै अवलोकन गरेर सुरक्षा ब्यवस्थामा कमी नगर्न मातहतका अधिकृतहरुलाइ निर्देशन दिएका थिए ।

कार्यक्रम अवधिमा जिल्ला प्रहरी कार्यालय झापाका एसपि, शसस्त्र प्रहरी बल पाथिभरा गणका एसपि, शसस्त्र र नेपाल प्रहरीका डिएसपिहरु आफै सुरक्षामा तल्लिन रहेका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी आफै कार्यक्रम स्थलको मञ्च अगाडि ड्युटिमा रहेका थिए ।