पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महिले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको चार्चा चलिरहेको छ । वि

शेष गरि एमाले अध्यक्ष केपी ओली उम्मेदवार बनेको क्षेत्र झापा, माओवादी अध्यक्ष उम्मेदवार बनेको क्षेत्र चितवन, काँग्रेस सभापति उम्मेदवार बनेको क्षेत्र डडेल्धरा लगायत हेविभेट नेताहरु उम्मेदवार रहेका क्षेत्रहरु विशेष चर्चामा छ । तिनै मध्येको एक क्षेत्र हो चितवन क्षेत्र नम्बर ३ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो चुनाव क्षेत्रले धेरैका ध्यान तानेको छ । यो क्षेत्रको मतपरिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले यसको बारेमा राष्ट्रिय राजनीतिमा समेत चर्चा हुनु स्वभाविक नै हो । यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका नेता विक्रम पाण्डेको उम्मेदारी परेको छ । रोचक त यो छ की पाण्डेले विगतमा त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् भने प्रचण्ड पहिलो पटक त्यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

पछिल्लो समय प्रचण्डले आफ्नो चुनावी प्रचारलाई आक्रमक बनाएका छन् । उनले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेद्धवार पाण्डकै पार्टीका थुप्रै चर्चित नेता तथा कार्यकर्ताहरुलाई तानेका छन् । त्यसकारण उता पाण्डे भने संकटमा परेका छन् ।

पाण्डेले चुनाव जित्नैलागि ठूलो मात्रामा धनराशि खर्च गर्न लागेको भएपनि उनकै कार्यकर्ताहरु यतिवेला प्रचण्डसँग नजिएका छन् । उनीहरुले पूर्ण रुपमा प्रचण्डलाई नै सघाउने निधो गरिसकेका छन् । यो बीचमा प्रचण्डलाई चुनावी प्रचारको लागि केही दिन ब्रेक लाग्यो, पुत्र वियोगले । तर उनले अहिले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् ।

प्रचण्डले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समेत आफ्नो पार्टीमा भित्र्याएका छन् । कतिपय कांग्रेसी नेताहरुले गठबन्धनकै उम्मेद्धवार भएपनि पाण्डेको व्यवहार र शैली त्यति रुचाएका छैनन् ।

किनकी पाण्डेले हैकमवादी देखाउने गरेकोले उनको साथ छोड्न उनकै कार्यकर्ताहरु समेत बाध्य भएको स्रोतको दाबी छ । कहाँबाट चल्यो रिमोट १ चितवनमा पाण्डेलाई पन्छाएर प्रचण्डको पक्षमा राप्रपा तथा कांग्रेसीहरु नै भित्रभित्र कस्सिएको देख्न पाइन्छ । प्रचण्डले पनि पैसाको खोलो बगाएको स्थानियहरुको भनाई छ ।

यता कांग्रेसका पूराना तथा शीर्ष नेताहरुपनि अध्यक्ष प्रचण्डको पक्षमा उभिने भएका छन् । उनीहरुले औपचारिक रुपमा प्रचण्डलाई सघाउने भनेर घोषणा नगरेपनि भित्रि रुपमा प्रचण्डलाई नै सघाउने निधो गरेका छन् ।

प्रदेश सभाका कांग्रेसका उम्मेद्धवार दिनेश कोइराला पनि प्रचण्डसँग नजिक छन् । धेरैजसो कांग्रेसका नेताहरु दाहालसँग निजिकएका कारण अहिले पाण्डे ठूलो तनाबमा छन ।

टिभी अन्नपुर्ण बाट