चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित पर्सा बजारमा भेटिएको शंकास्पद बस्तुले एकाविहानै त्यहाँको जनजीवन प्रभावित बनायो । वाम गठबन्धन र कांग्रेसको वडा कार्यालय नजिकै विहान भेटिएको शंकास्पद बस्तु बम भएको हुन सक्ने आशंकाले स्थानीय त्रसित बने । झण्डै तीन घण्टा पूर्व–पश्चि राजमार्ग अवरुद्ध बन्यो ।

राजमार्गसँगै बजार क्षेत्रमा राखिएकोदुईवटा शंकास्पद बस्तु पहिचान गर्न सेना र प्रहरीलाई समेत हम्मेहम्मे भयो । सेनाको डिस्पोजल टोलीले झण्डै तीन घण्टा लगाएर शंकास्पद बस्तु बम नभएको पुष्टि गरेपछि मात्रै राजमार्गमा रोकिएका सवारी साधन संचालनमा आएको थियो ।