नेपाली कांग्रेसको घरदैलो कार्यक्रममा सुनसरीको इटहरीमा बम बिस्फोट भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित भलादमी चोकमा घरदैलो कार्यक्रम मार्फत भोट मागिरहेका बेला बम विस्फोट भएको हो ।
वम विस्पोटबाट चार जना कांग्रेस कार्यकर्ताहरु घाईते भएका छन् । घाइते हुनेमा कार्यकर्ता कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ छन् । उपप्रधानमन्त्री विजय गच्छदार पक्षले भलादमी चोकमा घरदैलो कार्यक्रमबाट भोट मागिरहेको अबस्थामा बम विस्फोट भएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझिले जानकारी दिए । घाईतेहरुको इटहरी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । बिस्फोट कसले ग¥यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ । इमेजबाट साभार










