दमक/झापाको दमक ६ को भगवती भूजिया फ्याक्ट्रिमा लागेको आगो नियण्त्रणमा आएको छ । काठको घरमा रहेको उद्योगमा अघि ३ बजे आगलागि भएको थियो । आगलागिमा परेर २ जना मजदुर सामान्य घाइते भएकाछन् । आगलागिबाट करिब १० लाखको क्षति भएको बताईएको छ ।
फ्याक्ट्रिमा काम गरिरहेका महमद ताजपुरीयाका अनुसार कराइमा अधिक तेल तातेको र आगोको ज्वालाले तेल भेटेपछि आगो सल्केको हो । फ्याक्ट्रिमा ५ जना महिला सहित ७ जना काम गर्दै गरेका थिए ।
भित्र रहेका महिलाहरुलाइ उद्धार गर्ने क्रममा ताजपुरीयाको हातमा चोट लागेको छ । आगोको मुश्लो एकैचोटी बलेपछि केहि गर्न नसकिएको उनले जनाए ।










