दमक/झापाको दमक ६ मा भूजिया फ्याक्ट्रिमा भएको आगलागिमा परेर दूइजना मजदूर घाइते भएकाछन् । महमद ताजपुरीया र अर्का एक मजदूर घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जनाईएको छ ।
दिउसो २ बजेर ३० मिनेटमा शुरु भएको आगलागि करिब ४ बजे पूर्ण रुपमा नियण्त्रणमा आएको थियो । आगलागिबाट करिब १० लाख क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तयार दालमोठ र कच्चापदार्थ नष्ट भएको हो ।
बजारबीचमा धुँवाको मुश्लो आकाशमा देखेपछि सन्त्रास पैदा भएको थियो । दमक र गौरादहको अत्याधूनिक दमकलले आगो निभाएको थियो ।
https://www.youtube.com/watch?v=agH_34IU57w










