काठमाडौँ, मंसिर १५ ।।

आजदेखी लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । सरकारले आज शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्मको जन्मदिनका अवसरमा विदा दिने निर्णय गरेको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार पनि सार्बजनिक बिदा परेको छ। शुक्रबार सरकारले घोषणा गरेको, शनिवार नियमित र आइतबार पनि योमरी पूर्णिमा परेकाले सार्वजनिक विदा छ। सरकारले पुस १० गते पर्ने क्रिसमसको विदा दिने पनि हिजै निर्णय गरेको छ।