प्याप्सन झापाका जिल्ला सदस्य एवं दमकका शैक्षिक ब्याक्तित्व सन्तोस दाहाल सहित दूइसयभन्दा बढि अन्य पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेस गरेकाछन् । केपी शर्मा ओलीको निवासमा साँझ भएको कार्यक्रममा उनिहरु एमाले प्रवेस गरेकाहुन् ।
दमकमा लामो समयदेखि शिक्षा तथा सहकारीको क्षेत्रमा सक्रिय दाहाल नेपाली काँग्रेससंग आवद्ध रहेका थिए । दाहाल दमकमा नै नुमना सदा शिक्षा निकेतन सञ्चालन गर्दै आएकाछन् ।
दाहालले ओली र एमाले नेता देवराज घिमिरे सहितका नेताहरुले फूलमाला लगाएर स्वागत गरेका थिए । दाहालले एमालेको नीति तथा कार्यक्रमलाइ मन परेर प्रवेस गरेको जनाएकाछन् ।










