इतिहासमै पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेल मार्फत भविश्यमा पार्टी एकीकरणको मार्गचित्र समेत तयार गरेका यी दुई ठूला दलको घोषणाले नेपालको अस्थिर राजनीतिले स्थिरताको बाटो समात्ने आम अपेक्षा छ । एमाले र माओवादीको कार्यकर्ता पंक्तिमा भने यसले केन्द्रीय तहमा स्थायी सत्ता प्राप्ति मात्रै होइन स्थानीय तहदेखि नै राजनीतिक स्थिरता र विकासको संस्कृति बसाल्ने मनोवल दिएको देखिन्छ । निराशाको गर्तबाट निस्केर समाजको तल्लो इकाई नै यसरी आशावादी दिशामा अभिमुख हुनु निश्चय नै सकारात्क संकेत हो ।

अहिलेसम्म अधिकार प्राप्तिको आन्दोलनमा मात्रै समय ब्यतीत गरेको नेपालको दलीय राजनीति आजका मितिसम्म विकासको रणनीतिक र दीर्घकालीन उद्धेश्य बनाएर अघि बढ्न सकेको छैन । राजनीतिक दलहरुले संगठन बनाए, संगठन बलिया पनि भए । तर, त्यसको सम्पूर्ण सामथ्र्य कि त अधिकार प्राप्तिको आन्दोलनमा लाग्यो कि दलीय एजेण्डामा विभाजित भएर आपसी कटुतामै समय खेर फाल्यो । अहिले एमाले र माओवादी बीच भविश्योन्मुख मार्गचित्रका आधारमा तय भएको पार्टी एकताले हिजो विभाजित समाजको त्यो मनोदशालाई जोड्दै गरेका संकेत फेला परेका छन् । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा भएको चुनावमा ती दुई पार्टीका कार्यकर्ता र समर्थकले एक अर्काको चुनाव चिन्हमा आदान प्रदान गरेको मत र उनीहरुले प्रदर्शन गरेको एकताले यस्तो संकेत गरेको हो ।

पर्याप्त र बहुमत जनसमर्थन भएर पनि एकमना सरकार चलाउन नपाएका र अल्पमतको छोटो सरकार चलाएर लोकप्रियता हासिल गरेका वाम पार्टीको बहुमतको सरकार परीक्षण गर्ने अवसर एमाले र माओवादीको यस कदमले प्रदान गर्न लागेको छ । पटक पटक बहुमतीय सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस यसै परिदृश्यका कारण पनि भयभित छ र उसले कम्युनिस्ट अधिनायकवादको त्रास देखाएर मतदाता तर्साउँदैछ । अल्पकालीन र दीर्घकालीन विकासको मार्गचित्र लिएको वाम गठबन्धन सामु रक्षात्मक र प्रतिक्रियात्मक राजनीतिमा खुम्चिनु अहिले कांग्रेसको वाध्यता बनेको छ ।

स्थानीय तहमा वामसत्ता
यसै वर्ष तीन चरणमा सम्पन्न स्थानीय चुनावमा एमाले सबैभन्दा ठूलो दल बन्यो । तेस्रो दल बनेको माओवादी र एमालेबीच एकता हुँदा स्थानीय तहको सत्तामा एकीकृत कम्युनिस्ट पार्टीको ७१ प्रतिशत उपस्थिति हुनेछ । यो स्पष्ट रुपमा दुईतिहाई संख्याको नतिजा हो । ७५३ स्थानीय तह मध्ये एमाले २९६ र माओवादीले १०५ स्थानीय तहमा जितेका छन् । मत प्रतिशतको आधारमा भन्दा एमाले ३४ र माओवादीले १७ प्रतिशत मत स्थानीय निर्वाचनमा ल्याएका छन् । यो देशको कूल मतदाताको बहुमत हो । यसअघि संसदीय सिटमा कुनै दलले बहुमत पाए पनि आम मतदाताको बहुमत नेपालको इतिहासमा कुनै पनि दलले प्राप्त गर्न सकेको छैन ।

अहिलेका स्थानीय तह पहिले जस्तो नभएर स्थानीय सरकार हुन् । ती सरकारलाई विकास निर्माण, राजश्व संकलन लगायतका आफ्ना लागि आवश्यक पर्ने निर्णय आफैं गर्ने अधिकार छ । अर्थात् स्थानीय तहमा ती सबै सरकार नै हुन् । स्थानीय सरकारका प्रतिनिधिले राष्ट्रियसभा सदस्य चुन्ने अधिकार पनि राख्छन् । अहिले प्रदेश र प्रतिनिधिसभा चुनावमा दुई दलबीच तालमेल हुँदा तल्लो तहमा देखिएको कार्यकर्ताको मिलापले स्थानीय सरकारको प्रभावकारितामा पनि ठूलो योगदान हुनेछ । अर्थात् हिजो राय बझाउँदै अनेक मुद्दामा लड्दै आएका स–साना सामाजिक इकाईहरु मिलापमा जानु भनेको स्थानीय सत्ताको निर्माण हुनु हो । त्यसले आफ्नो ठाउँको विकासको मार्गचित्र अघि सारेर काम गर्दा विकासको रफ्तार तीब्र हुनेछ ।

केन्द्र र प्रदेशलाई भरथेग
मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदा आशंका गरिए भन्दा विपरित एमाले र माओवादीका कार्यकर्ताको मिलाप ग्रामीण तहमा देखियो । यसअघि नेताहरुको घोषणालाई तल्लो तहमा कार्यकर्ताले हुबहु मान्नेमा शंका गरिन्थ्यो । अव दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुँदैछ । पहिलो चरणको सहकार्यको अभ्यासले दोस्रो चरणलाई झन् खंदिलो बनाउने निश्चित छ । यसको सिधा परिणाम प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजामा देखिनेछ । एमाले र माओवादीको गठबन्धनले प्रष्ट बहुमत ल्याउनेमा शंका छैन । स्थानीय तहको निर्वाचनमा जस्तै मतदान भयो भने वाम गठबन्धन दुईतिहाई बहुमत नजिक पुग्नेछ । यसले ७ प्रदेश मध्ये कम्तिमा ६ प्रदेशमा वामपन्थीको प्रदेश सरकार र केन्द्रमा पनि वाम सरकार बन्ने बाटो खोल्नेछ ।

५ वर्ष चल्ने सरकार, विकासको आधार
नेपालमा एउटै ब्यक्ति ७ पटकसम्म प्रधानमन्त्री बनेको उदाहरण छ तर, जनताबाट बहुमत प्राप्त गरेर प्रधानमन्त्री भएको ब्यक्ति ५ वर्षसम्म प्रधानमन्त्री बनेको रेकर्ड छैन । अविकास र अवनतिको जिम्मेवारका रुपमा जुन संस्था वा नेतालाई गाली गरे पनि हाम्रो पछौटेपनको मुख्य कारक यही हो । नेपाली कांग्रेसलाई एक पटक दुईतिहाई र दुईपटक बहुमतीय सरकार गठन गर्ने अवसर नेपाली मतदाताले दिएका थिए । तर, ती सरकार कुनै पनि दुई वर्ष भन्दा बढी टिक्न सकेनन् । टिकेका सरकारले पनि नेपालको अर्थतन्त्रलाई परनिर्भर र राजनीतिमा बाह्य शक्तिलाई निर्णायक बनाउने भूमिका खेले । यस्तो दुश्चक्र भोग्दै आएको नेपाली राजनीतिमा विकासको मार्गचित्र अगाडि सारेको वाम शक्तिको बहुमत परीक्षण गर्ने अवसर पनि पहिलो नै हो । कम्तिमा ५ वर्षसम्म एउटै नीति कार्यक्रममा चल्ने सरकार बनाएर परीक्षण गर्न पाउने अवसर यो चुनावमा उपलब्ध छ । यस्तो सरकार सिटको मात्रै बहुमतीय हुँदैन, समग्र राष्ट्रका नागरिकको बहुमतीय सरकार हुन्छ । इतिहासमा चाहेर पनि कहिल्यै प्रयोग गर्न नपाइएको अवसरका लागि यो चुनाव महत्वपूर्ण बनेको छ । चक्रपथ बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah