नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टी सभापति तर्साउने गरी अभिब्यक्ति दिएकाछन् । अब दूइसातापछि प्रधानमन्त्री आफै नै भएको बताएको लगत्तै महामन्त्री कोइरालाले अब पालो दिने बिषयमा सोच्नु पर्ने बताएकाहुन् । रिर्पोंस क्लव नेपालले साक्षात्कार गर्ने क्रममा उनले यस्तो बताएकाहुन् ।
एमाले–माओवादीले बहुमत ल्याएर सरकार बनाउने तयारी गर्दैछन्, तपाईहरुले के गर्नुहुन्छ ? कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे ।
“म देशभरका साथीभाइसँग सम्पर्कमा छु । कांग्रेसको पक्षमा जनलहर आइरहेको सुचना आएको छ ।” कोइरालाले भने ।
नवलपरासीमा आफ्नो जित सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए । यद्यपी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार नभएको उनले प्रष्ट पारे ।
राजनीति गरेकै सत्ताको नेतृत्वका लागि भएको अर्थ लगाउँदै कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने बताए । पार्टीको प्रक्रियाअनुसार को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाइने उनले बताएका छन् ।
चुनावपछि शशांक कोइराला संसदीय दलको नेता बन्ने हो ? सिधा प्रश्नको सिधा जवाफ दिनुस् है, प्रश्न थियो । कोइरालले भने सिधा प्रश्न भए पनि सिधा जवाफ हुन नसक्ने बताए ।
“शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु ।” उनले आफू तेस्रो बरियातामा रहेको स्पष्ट पारे ।
शेरबहादुर पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, अझै प्रधानमन्त्री बनाउनुहुन्छ भनेर धमलाले प्रश्न गरेपछि कोइरालाले यस विषयमा देउवा आफैले सोच्नुपर्ने बताए ।
गिरिजाप्रसादले कृष्णप्रसादलाई नेतृत्व दिएजस्तै देउवाले पनि बाटो खुला गर्नुपर्ने आशय कोइरालाले व्यक्त गरे । पार्टीभित्रको गुटलाई अन्त्य गरेर सहमतिका आधारमा अघि बढ्ने उनको भनाई थियो ।



