बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक दम्पती शंकास्पद मृत अवस्थामा फेला परेका छन् ।उपमहानगरपालिकाको वडा नम्वर ३ बजनीमा गएराति ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको अवस्थामा शव फेला परेको हो । निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी दिपिकाको बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ ।

पति दिपकको शव भने गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको बताइएको छ । बजनी टोलदेखि ५ सय मिटर पश्चिम रहेको गाई पाल्ने गोठमा दम्पती सुत्दै आएका थिए । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेपनि हत्याराको पहिचान खुल्न सकेको छैन । घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका थिए । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पतीको हत्या गरिएको हुनसक्छ, घटना स्थल पुगेका एक प्रहरी अधिकृतले जानकारी दिए । घटनापछि स्थानीय शोकमा छन् भने गाउँमा त्रास बढेको छ ।