नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री, झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपीशर्मा ओलीले कमल गाँउपालिकामा रहेको अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइ छाड्ने बताएकाछन् ।
यसलाइ राजनीतिक बिबादको बिषय बनाइएको बताउदै बिबाद ननिकाल्न उनले आग्रह समेत गरेकाछन् । आफू तथा आफ्नो पहलमा आएका योजनाहरुले पूर्णता पाउने उनको भनाइ थियो ।
बिकासको बिरोधी कोहि पनि हुनु नहुने भन्दै अन्तराष्ट्रिय रगशाला बन्दा यहिका जनतालाइ फाइदा पूग्ने उनको भनाइ रहेको थियो । उनले यो कसैले रोकेर र छेकेर नछेकिने पनि जनाए ।
नेपाली काँग्रेस र सघीय समाजबादी फोरम नेपालले यसलाइ प्रमुख चुनावी एजेण्डाको रुपमा अघि बढाउदै आएकाछन् । यसको नामको बिषयमा बिबाद हुदै आएको छ ।
आदिबासी जनजाती रंगशाला बनाउनु पर्ने मागका आदिबासी जनजाति संघसंगठन देखि अन्य राजनीतिक दलहरुले माग गर्दै आएकाछन् । एमालेको पहलमा सरकारले भने यस रंगशालालाइ मदन भण्डारी स्टुडियम बनाउने निर्णय गरेको थियो ।










