गौरादह/झापाको खजुरगाछीमा राप्रपा सहित बामगठबन्धनको प्रचारप्रसार कार्यालयमा आएर नेपाली काँग्रेसका कार्यकर्ताहरुले एमालेका कार्यकर्ताहरुमाथि हात हालेपछि तनाव सिर्जना भएको छ ।
नेपाली काँग्रेसले गठबन्धनको प्रचारप्रसार कार्यालय छेउमा आएर कार्यक्रम गरेर नीहु खोजेको र त्यो सहेर बसेपनि एक्कासी हात हाल्न केहि युवाहरु आएको एमालेका एक नेताले बताएकाछन् ।
एमालेको चुनावी गीत बजाएको भन्दै काँग्रेस कार्यकर्ताहरुले निहु खोजेपछि तनावको अवस्था आएको बताइन्छ । काँग्रेसले बिचार, सिद्धान्त र एजेण्डाबाट हारेर अब निहु खोज्न थालेको भन्दै बाम गठबन्धनका नेताहरुले यस्तो कार्य नगर्न चेतावनी पनि दिएकाछन् ।
नेपाली काँग्रेसका ५ क का उम्मेदवार अनिलकृष्ण प्रसाइको निर्देशनमा यस्तो काम भएको आरोप लगाइएको छ । प्रसाइले भने एमालेले अधिनायकवादी चरित्र देखाएर आफूहरुको कार्यक्रम बिथोल्न खोजेको बताएका थिए ।
यस क्षेत्रबाट गठबन्धनका उम्मेदवार कार्कीले दश हजारभन्दा बढि मतान्तरले जित हासिल गर्ने अवस्था आएपछि यस्तो हर्कत देखिन थालेको एमालेका स्थानीय नेता नगेन्द्र भण्डारीले बताए ।









