मोरङको लेटाङ नगरपालिका १ स्थित किसैबाँकैमा शनिबार साँझ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेण्ट लागेर लेटाङ नगरपालिका १ बस्ने २९ बर्षिय सागर लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साँझ ५ बजे माछा मार्नको लागी खोलामा इन्भर्टर र ब्याट्रीबाट करेण्ट निकालेर तार जोड्ने क्रममा अचानक करेण्ट लागेको थियो।