नहुको शुक्ला गण्डकी नगरपालिका-२ हलेदीमा गुडिरहेको मोटरसाईकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका-११ रानीपौवा बस्ने ३७ वर्षिया जमुना श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाईकलबाट खसेर गम्भिर घाईते भएकी श्रेष्ठको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
आज बिहान ९ बजे पोखराबाट बेलचौतारतर्फ जाँदै गरेको ज ९ प २०७५ नम्बरको मोटरसाईकलमा पछाडी सवार श्रेष्ठ अचानक खसेर गम्भिर घाईते भएकी थिईन् ।










