निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट केन्द्रीय अनुसन्धान विभागको टोलीले बस्नेतलाई पक्राउ गरी नेपाल ल्याएको स्रोतले जानकारी दिएको छ ।
प्रहरी स्रोतले केहीबेरपछि पत्रकार सम्मेलन गरी बस्नेतलाई सार्वजनिक गर्न लागिएको जानकारी दिएको छ ।
यसअघि गौचनको हत्यामा संलग्न अन्य तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको थियो । हत्यामा संलग्न सुटरसहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।
गौचनको असोजको अन्तिम साता नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो । घटना र विचार बाट सभार










