दमक/पूर्व सभामुख तथा इलाम क्षेत्र नं. २ का बाम गठबन्धनका साझा उम्मेदवार सुवास नेम्बाङको पक्षमा अपार समर्थन बडन थालेको छ । एकपछि अर्को गर्दै नेम्बाङलाइ सम्मान सहित पार्टी प्रवेसको लहर चलेको छ ।

इलामको चुलाचुलीमा २ कार्यकाल पार्टी सचिव भइसकेका सुदर्शन पौड्याल, स्थानीय तह निर्वाचनका अध्यक्षका उमेदवार अनुप अधिकारी, पूर्व वडा अध्यक्ष धनप्रसाद दुलाल सहित ३०० जना नेपाली कांग्रेस कार्यकर्ताहरु एमाले प्रवेस गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा सम्बोधन गर्दै नेम्बाङले अब यस क्षेत्रको बिकास पहिलो प्राथमिकता बन्ने बताए । उनले एमालेमात्र अब मूलकको एकमात्र आशाको केन्द्र भएको जनाउदै यो क्षेत्रले सधै गर्व गर्न लायक काम गर्ने जनाए ।