एमाले युवा नेता महेश बस्नेतको घरमा बम भेटिएको छ । भक्तपुर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहका बस्नेतको सूर्यबिनायक नगरपालिकाको गुण्डुस्थित घरमा बम भेटिएको हो ।
आइतवार साँझ नयाँ झोलामा बम राखिएको स्थानीय प्रत्यक्षदर्सीले बताएका छन ।
राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।










