बिष्णुप्रसाद पोखरेल /दमक ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको झापाको क्षेत्र नं. ५ को स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । बापन्थी देशभक्तहरुको संयुक्त गठबन्धन निर्वाचन क्षेत्र नं. ५ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको झापाको क्षेत्र नं. ५ को स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । बापन्थी देशभक्तहरुको संयुक्त गठबन्धन निर्वाचन क्षेत्र नं. ५ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
गठबन्धनबाट ओली सहित प्रदेशसभा सदस्य ५ (क) मा हिक्मत कार्की र ५ (ख) मा अर्जुन राइ प्रत्यक्षतर्फको उम्मेदवार रहनु भएको छ । झापा क्षेत्र नं. ५ को पहिलो प्रतिबद्धता जिउधनको सुरक्षा प्राथाकिमतामा राखेर शान्ति सुरक्षा कायम गरिने र आआफ्नो पेशा ब्यवसाय गर्न निर्धक्कसंग पाउने रहेको छ ।
दमकबाट उत्तरी पहाडि जिल्ला जोड्ने निर्माणाधिन दमक चिसापानी रबि सडक निर्माण कार्य सम्पन्न गरी गौरीगञ्ज ताप्लेजुङ हुँदै चीनको सिमानासम्म सडक यातायात सञ्चालन गरिने, दमकमा निर्माणाधिन देशकै ठूलो सुबिधासम्पन्न सभाहल ३ बर्षभित्र पुरा गर्ने, बिस्तृत परियोजना तयार भइ कार्यन्वयनका चरणमा रहेका विश्वकै अग्लो बुद्ध मूर्ति बनाइ छाड्ने प्रतिबद्धतापत्रमा रहेको छ ।
https://youtu.be/PtvoCgqBu4Qदमक भ्यू टावर र क्लिन औधोगिक पार्क निर्माण कार्य अविलम्ब थालिने, कमल गाँउपालिका ५ मा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण सम्पन्न गर्ने,उपयुक्त स्थान पहिचान गरी एउटा आन्तरिक बिमानस्थल निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने समेत गठबन्नधनको प्रतिबद्धतापत्रमा उल्लेख रहेको छ ।
मंगलवारे, क्याम्पा, शिवगञ्ज सडक निर्माण कार्य प्रारम्भ भइसकेकाले यसलाइ तोकिएको समय भित्र कालोपत्रे गर्ने काम पुरा गरिने जनाईएको छ । निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर थापाका अनुसार यहाँका समस्याको रुपमा रहेका मावा,रतुवा, कमल, किस्नी खोला तटबन्ध कार्य सम्पन्न गरी किनारामा हरित पेटि सहित पार्क निर्माण गरिने छ ।
जनतालाइ सहज पहुँच पुर्याउन गौरादह नगरपालिकामा पचास शैयाको अस्पताल निर्माण र दमक अस्पताललाई विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने पनि ओलीको प्रतिबद्धतापत्रमा सार्वजनिक गरिएको छ ।
५ बर्षभित्रमा यस क्षेत्रमा १ लाखलाइ रोजगारी, बहुप्रज्ञा प्रतिष्ठानको स्थापना, बहुप्राविधिक शिक्षालय बनाउने, दमक नगरलाइ सफा हरित नगरको रुपमा बिकास गर्ने, गौरीगन्ज, गौरादह, केर्खा बजारलाइ आधुनिक नगरको रुपमा बिकास गर्ने, ३ बर्षभित्रमा कल्भर्ट तथा पुलहरु निर्माण सम्पन्न गरिसक्ने पनि प्रतिबद्धतापत्रमा रहेको छ । यसका साथै अपुरा रहेका यस क्षेत्रका सबै योजनाहरु ५ बर्षभित्रमा पुरा गर्ने थापाले जनाउनु भयो ।
https://youtu.be/PtvoCgqBu4Q









