काठमाडौं, १८ मंसिर । ठेक्कापट्टामा कमिशन दिएर काम फत्ते पार्न भूषण राणा, सरुवा बढुवा कमाउ ठाउँमा पोष्टिङका लागि रामचन्द्र भट्टलाई भेटेपछि काम फत्ते हुनेगर्छ ।
भूषण राणा देउवाका साला हुन् भने भट्ट आरजुको विश्वासपात्र । आरजु राणाकै आदेशमा यी दुबै जना सचिव, मुख्य सचिव, मन्त्रिपरिषद, गृहमन्त्रालय गइरहन्छन् र आदेश समेत दिन्छन् । जबकि यी दुबैजना कुनै पदाधिकारी होइनन् ।
मुख्य सचिव र सचिवलाई सिधै आरजु राणासँग भेटाउने काम पनि गर्छन् र यिनको चर्तिकला, टाइँफाई हेर्दा लाग्छ यी दुबै मुख्यसचिवभन्दा पनि पावरफूल पदाधिकारी हुन् ।
अचम्म प्रशासनका कुनै पनि सचिवदेखि मुख्य सचिवसम्म भट्ट भनेपछि थरथरि हुन्छन् र उनीहरु जानासाथ हतारिएर भेट्ने गरेका छन् ।
राज्य ढुकुटीको दलालीका लागि दलाल छाड्नु आरजु राणाको सबैभन्दा ठूलो कमजोरी देखिएको छ । देश विकासका लागि चुनावमा उत्रिएकी राणाले चुनाव नजित्दै यस्तो गर्छिन् भने पछि के नगर्लिन् ? धेरैको प्रश्न छ ।
कर्मचारीहरु जो छिटो पैसा बनाउन चाहन्छन्, उनीहरुले देउवा साला अथवा आरजुको प्रतिनिधि भट्टलाई भेट्दा पैसा कमाइन्छ, भ्रष्टाचारमा फस्नुपर्दैन । न्युज अभियान बाट सभार










