सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बिहीबार सुटुक्क बिराटनगर विमानस्थलमा उत्रिएर दुहवीस्थित उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारलाई भेट्न पुगेका छन् । स्रोतका अनुसार उनी गच्छदारलाई चुनावका लागि आर्थिक सहयोग दिन पुगेका हुन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार गच्छदारसँग एआइजी खनालको डीआइजी बढुवादेखि नै विशेष खालको सम्बन्ध रहिआएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी डन गणेश लामामार्फत् तत्कालीन गृहमन्त्री गच्छदारसम्म पुगेका थिए । गणेश लामामार्फत् भेट गरेपछि गच्छदारले बरिष्ट एसएसपीहरु हुँदाहुँदै कनिष्ट खनाललाई एक नम्बर डीआइजीमा बढुवा गरेका थिए । गच्छदारलाई भेटी चढाएर सिनियरहरुलाई उछिन्दै डीआइजी बढुवा भएका उनी त्यसपछि मध्यक्षेत्रको बाहिनीपतिमा सरुवा भएका थिए । उनलाई गच्छदारले नै मध्यक्षेत्रमा सरुवा गरेका थिए ।

त्यही गुण तिर्न उनी अमेरिकाको १५ दिने भ्रमण सकी फर्किनासाथ मंसिर २१ मा हुने चुनावमा गच्छदारलाई आर्थिक सहयोग बोकेर दुहवी पुगेर    मङ्सिर १५ गते शुक्रवार अपराह्न काठमाडौं फर्किएको स्रोतले बताएको छ ।   साँघुले समचार लेखेको हो ।

यसैबीच अहिले प्रहरीदेखि लिएर स्थानीय एमालेका नेताहरुसम्मले ठूलो रकम खनालले गच्छदारलाइ सहयोग गरेको चर्चा शुरु भएको छ । अढाइ करोड रुपिया गच्छदारलाइ आर्थिक सहयोग गरिएको भनिए पनि पुष्टि भने भएको छैन । एमालेका एक केन्द्रिय सदस्यले भने भगवती चौधारीलाइ हराउन भएको शक्तिको प्रयोग र आर्थिक चहलखेलको केहि पार लाग्दैन ।