दमक/झापा क्षेत्र नं. ५ ख मा काँग्रेससंग १५ हजारभन्दा बढि मतान्तरले बाम गठबन्धनका उम्मेदवार अर्जुन राइले जित्ने दाबी गरिएको छ ।

राप्रपा सहितको बाम गठबन्धन सयुक्त चुनाव परिचालन समितिका बोधराज घिमिरेका अनुसार कम्तिमा पनि काँग्रेस उम्मेदवारसंग १५ देखि १८ हजारको मतान्तरले बिजय हुने अवस्था रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूहरुले ३० देखि ३५ हजार मत ल्याउने घिमिरेले बताए । उम्मेदवार राइले आफूले अधिक मतले जित्ने दाबी गरे । उनले अहिले गठबन्धनको पक्षमा लहर देखिएको बताउदै अधिक मत ल्याउने जनाए ।