दमक/होमबहादुर थापा दमकमा र बिशेष गरेर झापा क्षेत्र नं. ५ मा नौलो नाम होइन । कोहवरा गाबिसमा अध्यक्ष भइसकेका उनि निष्ठावान एक राजनीतिक ब्याक्तित्वको रुपमा चिनिन्छन् ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिको रुपमा रहेर उनले थुप्रै बिकासका कामको अगुवाइ गरे । तर उनले कहिल्यै पहुचको दुरुपयोग गरेनन् र आफूलाइ शक्तिशालि ठानेन् ।
थापा अहिले झापा क्षेत्र नं. ५ को चुनावी कमाण्डरको रुपमा रहेकाछन् । प्रतिनिधिसभा सदस्यमा ओलीलाइ र प्रदेससभामा सदस्यमा हिक्मत कार्की र अर्जुन राइलाइ जिताउने दायित्व उनको काँधमा छ ।
उनि आफै पनि उम्मेदवार रहेकाछन् । प्रदेशसभा सदस्यमा १ नम्बर प्रदेशबाट उनि पहिलो नम्बरमा नाम सिफारीसमा परेकाछन् । उनले आफूलाइ मत माग्न भ्याएका छैनन् । समानुपातिका उम्मेदवारको खासै चर्चा नहुदा उनि बेलाबेला चुनावी प्रचारमा हिडेका अभियान्ताहरुलाइ झक्झक्याउने पनि गर्छन् ।
प्रत्यक्षमा गठबन्धन अनुसार र समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सूर्यमा मतदान गर्न उनको आग्रह रहेको छ । उनले समानुपातिकमा आफूलाइ सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेकाछन् ।










