दमक/मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाइ लक्षित गरेर दमकमा सुरक्षा ब्यवस्था कडा बनाईएको छ । आज मंगलवार साँझ ६ बजेपछि मदिरा बिक्री बितरणमा समेत रोक लगाइएको बताईएको छ ।

होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार २१ गतेसम्म साँझ ६ बजेपछि मदिरा बिक्री बितरणमा रोक लगाईएको छ । सम्पूर्ण ब्यवसायी तथा होटलहरुलाइ यस बिषयमा जानकारी गराइएको उनले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

होटल ब्यवसायी संघ क्षेत्रिय समितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको दंगालले जनाए । इलाका प्रहरी कार्यालय दमकको आग्रहमा यस्तो निर्णय भएको र पालना नभएर पक्राउ गरेर लगेको अवस्थामा आफूहरु जवाफदेहि नहुने दंगालले जनाए ।

प्रहरी श्रोतका अनुसार साँझमा मदिरा सेवन गरेर होहल्ला गर्ने र छ बजेपछि होटल तथा ब्यापारीहरुले मदिरा बिक्रीबितरण गरेमा पक्राउ गरेर आवश्यक कार्वाही शुरु गरिनेछ ।