झापामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाको खुदुनाबारीबाट विर्तामोड तर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएको समीरको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड